बुधबार, ११ फ्रेब्रवरी, २०२६
01:00 | ०६:४५

गायक बर्देवालाई लोक आधुनिक गायनतर्फ अवार्ड

नेपाली लिङ्क फ्रेब्रवरी १०, २०२६

काठमाडौं । एक्टिभ इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित “चौथो राष्ट्रिय एक्टिभ म्यूजिक अवार्ड–२०८२” मा लोक आधुनिकतर्फ गायक राजेश बर्देवाले अवार्ड जित्न सफल भएका छन् । गत माघ २६ गते सोमबार चलचित्र विकास बोर्डको हलमा सम्पन्न ग्राण्ड फिनालेमा बर्देवाले अवार्ड प्राप्त गरेका हुन् ।

समारोहमा विभिन्न १७ विधामा सर्वोत्कृष्ट हुनेलाई आ आफ्नो विधाका अवार्ड प्रदान गरिएको थियो जस अन्तर्गत लोक आधुनिकतर्फ गायक राजेश बर्देवा, आधुनिक गायन तर्फ सिडी विजय अधिकारी, संगीततर्फ राजेन्द्र बजगाईं, लोक दोहोरी गायिकातर्फ संगम लामिछानेले अवार्ड जिते ।

कार्यक्रममा राजकुमार बगरलाई संगीत साधक सम्मान र शर्मिला गुरुङ लाई सदावहार गायिका सम्मान प्रदान गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू