चर्चित मानवशास्त्री बिष्टको पुस्तक ‘फेटालिजम एन्ड डेभलपमेन्ट’ को नयाँ आवरण सार्वजनिक



काठमाडौं–नेपालका मानवशास्त्रका पिता भनेर परिचित चर्चित मानवशास्त्री डोरबहादुर बिष्टको १०० औँ जन्मोत्सवको अवसरमा उनको चर्चित पुस्तक ‘फेटालिजम एन्ड डेभलपमेन्ट’को नयाँ आवरण सार्वजनिक गरिएको छ । आजै ललितपुरस्थित उनको घरमा आयोजित कार्यक्रममा बिस्टका छोरा केशरबहादुर बिस्टले आवरण लोकार्पण गरेका हुन् ।
बिष्टले घरमा भेला भएका शुभेच्छुकसँग भने, ‘राज्यले प्राध्यापक बिष्टको जन्मोत्सव मनाउनुपर्ने हो । राज्यले मनाउँदैन । त्रिभुवन विश्वविद्यालयले मनाउने गरेको थियो । सयपटक त्रिभुवन विश्वविद्यालको कपाल दुःखेन । अब सम्पूर्ण किताबको पुन: प्रकाशनसँगै नयाँ पाठकले उहाँलाई सम्झनुहुनेछ ।’
बिष्टका बारेमा बनेको डकुमेन्ट्री ‘इन टू द मिस्ट’का निर्देशक सचिन घिमिरेले केही महिनाअगाडि अमेरिकाका हार्भर्डलगायतका विभिन्न पाँच विश्वविद्यालयमा गएर डकुमेन्ट्री देखाएको कथा सुनाउँदै भने, ‘अमेरिकामा सोताला उपन्यासमा चलचित्र बनाउने रुचि भएका नेपाली पनि भेटिए ।’
बिष्टको जन्मोत्सवको अवसरमा बुकहिलले प्रकाशन गर्न लागेको ‘फेटालिजम एन्ड डेभलपमेन्ट’ किताबको नमुना प्रति बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले हस्तान्तरण गरेका थिए ।
‘रिपोर्ट फ्रम ल्हासा’को नेपाली अनुवाद ‘ल्हासाको खबर’ प्रकाशन गरेको बुक हिलले बिष्टका अरु सबैजसो किताब प्रकाशन वा पुनःप्रकाशन गर्ने खड्काले बताए ।
२०५२ पुसबाट कर्णाली छोडेका बिष्ट त्यसपछि अहिलेसम्म हराएका छन् । २०५४ चैत १२ मा पत्नीविगोग भएको समाचार जताततै आउँदा पनि बिष्ट घरमा आएका थिएनन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



