निर्वाचन आयोगबाट गगन नेतृत्वको कांग्रेसलाई मान्यता, देउवा पक्षले भन्यो- हामी मान्दैनौं


काठमाडौ- निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएको छ।
दुवै पक्षबाट पेस भएका विवरण अध्ययन गरी विशेष महाधिवेशनले निर्वाचित गरेको कार्यसमिति नै आधिकारिक ठहर गर्दै यही विवरण आयोगमा अद्यावधिक गर्ने निर्णय आयोगले गरेको हो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका तीन पदाधिकारीमध्ये दुई जनाले गगनको पक्षमा र एक जनाले विपक्षमा राय दिँदा बहुमतका आधारमा निर्णय गरिएको बुझिएकोछ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी र आयुक्त सगुनशमशेर राणाले गगनको पक्षमा निर्णय दिएका थिए भने अर्का आयुक्त जानकी तुलाधर विपक्षमा थिइन्।
निर्वाचन आयोगबाट मान्यता संगै चुनाव चिन्ह रुख पनि गगन पक्षले पाएको छ।
देउवा पक्षले भन्यो- हामी मान्दैनौं
देउवा पक्षीय कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय खारेज गर्ने बताएका छन्।
शुक्रबार साँझ आयोगले गगन थापालाई सभापतिमा आधिकारिक घोषणा गरेपछि खड्काले भने-‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण आएको छ। जुन हामीले आशंका गरेका थियौं। षड्यन्त्र पूर्ण निर्णय आएको छ। निर्वाचन आयोगले यो भन्दा अगाडिको दलको विवादको भन्दा विपरितको निर्णय आएको छ। त्यसैले यो निर्णय नेपाली कांग्रेस खारेज गर्दछ। यो निर्णय अमान्य छ।’
उनले अब राजनीतिक र वैधानिक सबै किसिमका लडाइँ लड्ने पनि बताए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



