शुक्रबार, १० अक्टोबर, २०२५
14:28 | १९:१३

हमासले छोड्न लागेका २० जनाको सूचीमा अटाएनन् विपिन जोशी

नेपाली लिङ्क अक्टोबर १०, २०२५

काठमाडौं। हालै सार्वजनिक गरिएको हमासद्वारा छोडिन लागेका २० जना बन्धकको सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम नदेखिएको पुष्टि भएको छ।

विपिन जोशी २०२३ अक्टोबरमा इजरायलमा अध्ययनरत रहँदै हराएका थिए। इजरायल–हमास युद्ध सुरु भएदेखि नै उनको अवस्थाबारे कुनै निश्चित जानकारी प्राप्त भएको छैन।

नेपाल सरकारले इजरायलस्थित नेपाली दूतावासमार्फत निरन्तर समन्वय गरिरहेको जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार विपिन जोशीको अवस्थाबारे जानकारी पत्ता लगाउन कूटनीतिक प्रयास जारी छ।

विपिनका परिवारले भने आशा नहराएको जनाउदै खोजीलाई अझ तीव्र बनाउन सरकारसँग आग्रह गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू