शुक्रबार, १० अक्टोबर, २०२५
17:23 | २२:०८

विपद्का घटनामा परी देशभर ५३ जनाको मृत्यु

नेपाली लिङ्क अक्टोबर ५, २०२५

काठमाडौं । शनिबार रातिदेखिको अविरल वर्षासँगै इलाममा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३७ पुगेको छ। इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आइतबार अपराह्न १ बजेसम्म ३७ जनाको मृत्यु भएको सूचना प्राप्त जानकारी दिएकी हुन्।

उनका अनुसार जिल्लाको सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङमा ५ जना, इलाम नगरपालिका ६ घोसमा ६ जना, माङ्सेवुङ गाउँपालिका १ मा ३ जना, देउमाई नगरपालिका ५ मा ८ माई जोगमाई गाउँपालिकामा ८ जना,सन्दकपुर गाउँपालिकामा ६ जना र फाकफोकथुम गाउँपालिकामा १ जनाको ज्यान गएको हो।

ज्यान गुमाएकामध्ये ११ जनाको पोस्टमार्टम गरिएको छ। पहिरोमा परी १७ जना घाइते रहेको र जसमध्ये ३ जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। पहिरोमा परी ४ जना बेपत्ता रहेको प्रहरीको भनाइ छ। बेपत्ताको खोजीका लागि स्थानीयसँगै,सेना प्रहरी र सशस्त्रको टोली खटिरहेको छ।

पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ५३ जनाको मृत्यु भएको छ।

विभिन्न घटनामा परी ११ जना बेपत्ता भएका छन्।

यसैगरी बाढीपहिरोमा परी उदयपुरमा २, रौतहटमा ३, रसुवामा ४ र काठमाडौँमा १ जनाको मृत्यु भएको छ। खोटाङ, भोजपुर, रौटहट र मकवानपुरमा चट्याङबाट ८ जना घाइते भएका छन्। पाँचथरमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू