शनिबार, ६ सेप्टेम्बर, २०२५
04:40 | ०९:२५

कोभेन्ट्री यूनिभर्सिटीमा ‘स्टुडेन्ट अफ द इयर’ उपाधि पाएका खड्का सम्मानित

नेपाली लिङ्क जुन २४, २०२५

लन्डन । ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीले कोभेन्ट्री यूनिभर्सिटीमा ‘स्टुडेन्ट अफ द इयर’ उपाधि पाएका नेपाली विद्यार्थी विप्लब खड्कालाई विशेष सम्मान गरेको छ।

खड्काले आफ्नो अध्ययन यात्रासँगै राष्ट्रिय कराते खेलाडीको रूपमा अन्तर्राष्ट्रिय स्तरमा नेपाली समुदायको गौरव बढाएको भन्दै कन्सल्टेन्सीले सम्मान गरेको हो । 

ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीको १०औं वार्षिकोत्सवको अवसरमा इंग्ल्याण्डको वील्सायरस्थित डेभाइज क्रिकेट क्लब मैदानमा आइतबार आयोजित ‘द ब्रिज डिकेड कप २०२५’ का क्रममा खड्का सम्मानित  भएका थिए । 

‘विप्लब खड्काको अथक परिश्रम, समर्पण र उत्कृष्ट उपलब्धिले नेपाल मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ’- प्रशंसा पत्रमा उल्लेख गरिएको छ, ‘तपाईंको सफलता सम्पूर्ण विद्यार्थी वर्गका लागि मार्गदर्शक र प्रेरणाको स्रोत बनेको छ।’

ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका सिइयो भुवन गिरी, अध्यक्ष महेश गिरी लगायत प्रतिनिधिहरूले विप्लबलाई भविष्यमा अझ सफलता मिलोस् भन्ने शुभकामना समेत दिएका थिए ।

सम्मानित व्यक्तित्व खड्काले ब्रिज परिवारप्रति आभार व्यक्त गर्दै यसले थप प्रेरणा मिलेको बताए । 

संस्थाले आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गर्दै विद्यार्थी र युवा प्रतिभाहरूको सम्मान गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू