बिहीबार, असार ५, २०८२
22:14 | ०२:५९

अधिवेशन तयारीमा चार्ल्टन नेपाली समाज, निर्वाचन कार्यतालिका प्रकाशन (सूचना)

नेपाली लिङ्क जुन १८, २०२५

समाजकी अध्यक्ष सीता अर्याल (बायां) र निर्वाचन समिति प्रमुख दासुराम पाण्डे

लन्डन- साउथ इष्ट लन्डनको चार्ल्टनस्थित चार्ल्टन नेपाली समाज यूके अधिवेशन तयारीमा जुटेको छ । समाजको छैठौं अधिवेशन आगामी जुलाई २० तारिख आइतबार स्थानीय मेरिडियन स्पोर्टस् सेन्टरमा तय छ ।

अधिवेशनले समाजलाई आगामी दुई वर्षका लागि नेतृत्व गर्ने नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । समाजकी अध्यक्ष सीता अर्यालले सम्पूर्ण सदस्यहरुलाई अधिवेशन र नयाँ नेतृत्व चयन प्रक्रियामा सक्रियतापूर्वक भाग लिन आव्हान गरेकी छन् ।

यसैबीच, अधिवेशन नजिकिंदै गर्दा नयाँ कार्यसमितिको निर्वाचनका लागि निर्वाचन कार्यतालिका समेत प्रकाशन गरिएको छ । निर्वाचन समितिका प्रमुख दासुराम पाण्डेले एक सूचना जारी गर्दै निर्वाचन कार्यतालिका र आचारसंहिता सार्वजनिक गरेका हुन् ।

प्रकाशित तालिकाअनुसार आगामी १० जुलाईमा मतदाता नामावली प्रकाशन, ११ जुलाई सांझ ५ बजेसम्म मतदाता नामावलीउपर दावीविरोध, १४ जुलाईमा मतदाताको अन्तिम नामावली प्रकाशन, १५ जुलाई साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन, १६ जुलाई दिउँसो १ बजेसम्म उम्मेदवारमाथि दावी विरोध, १७ जुलाई दिउँसो ४ बजेसम्म उम्मेदवारी फिर्ता र बेलुका ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा २० जुलाईमा निर्वाचनलगायतका कार्यक्रम छन् ।

चार्ल्टन नेपाली समाजको छैठौं अधिवेशन तथा निर्वाचनसम्बन्धि सूचना !

यस समाजको अधिवेशन तथा निर्वाचन निम्न मिति, स्थान र समयमा आयोजना हुन लागेको हुंदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ।

अधिवेशन तथा निर्वाचन हुने मिति – आइतबार, २० जुलाई २०२५
स्थान–Meridian Sports Club, Charlton Park Lane, SE7 8QS.
समय– बिहान १० बजे

कार्यसमिति निर्वाचन कार्यविधि २०२५

चार्ल्टन नेपाली समाज, यूकेको आसन्न छैठौं कार्यसमितिको निर्वाचनलाई पारदर्शी, स्वच्छ र बिधिसम्मत् रुपमा सम्पन्न गर्न आवश्यक देखिएकोले यो कार्यविधि तर्जुमा गरिएको छ। यो कार्यविधिको पालना गर्नु सबैको कर्तब्य हुनेछ ।

१. निर्वाचन कार्यतालिकाः–

क) मतदाता नामावली प्रकाशन:१० जुलाई २०२५ , समयः साँझ ५ बजे।

ख) मतदाता नामावली उपर दाबी बिरोध : ११ जुलाई २०२५ , साँझ ५ बजे सम्म।

ग) अन्तिम नामावली प्रकाशन : १४ जुलाई २०२५ ।

घ) उमेदवारी मनोनयन पत्र दर्ता : १५ जुलाई २०२५ साँझ ५ बजे सम्म।

ङ) उमेदवारी नामावली उपर दाबी बिरोधः १६ जुलाई १ बजे सम्म।

च) उमेदवारी फिर्ताः १७ जुलाई ४ बजेसम्म।

छ) अन्तिम उमेद्वारको नामावली प्रकाशनः १७ जुलाई २०२५ , साँझ ९ बजे पछि।

ज) मतदान प्रक्रियाः २० जुलाई २०२५ , आइतबार दिउसो १२ बजेदेखि १ बजे सम्म। मतदानको लागि दिउसो १ बजे सम्म हल भित्र प्रवेश भैसक्नु पर्ने छ।

झ) मतगणना र नतिजा प्रकाशन: २० जुलाई २०२५, आइतबार मतदान पस्चात।

ञ) सपथ ग्रहण तथा समापनः २० जुलाई २०२५ , आइतबार, नतिजा प्रकाशन पश्चात।

२. उमेदवारी मनोनयनः
क) चार्ल्टन नेपाली समाजको पदाधिकारी तथा सदस्यको उमेदवार हुन चाहने इच्छुक व्यक्तिहरुले निम्न प्रक्रिया र तालिका बमोजिम निर्वाचन समितिको कार्यालय 38 Fairfied Grove, Charlton. SE7 8TY मा निर्वाचन समितिले उपलव्ध गराएको फारम रितपूर्वक भरी तोकिएको समयभित्र वा Email मार्फत् प्रमुख निर्वाचन आयुक्तलाई [email protected] मा पठाउनु पर्नेछ। फारमका लागि कार्यसमिति तथा निर्बाचन समितिमा सम्पर्क गर्नुहोला।

ख) उमेदवारी शुल्क भुक्तानी प्रमुख निर्वाचन आयुक्तलाई नगद अथवा समाजको खातामा बैंक ट्रान्सफर मार्फत गर्न सकिनेछ।

ग) अध्यक्ष तथा पदाधिकारीको हकमा कम्तिमा एक कार्यकाल कार्यसमितिमा काम गरेको हुनु पर्नेछ।

घ) समाजको कार्यसमितिको उम्मेदवार हुन विधानले तोके बमोजिमको रित पुगेको व्यक्ति हुनुपर्नेछ।

ङ) निर्वाचन र उमेदवारी सम्बन्धमा अन्तिम निर्णय गर्ने अधिकार निर्वाचन समितिमा निहित रहनेछ।

च) कुनै उमेदवार वा उम्मेदवारको प्रस्तावक र समर्थक अर्को उमेदवारको प्रस्तावक समर्थक रहन पाउने छैन। प्रस्तावक समर्थक मतदाताबाट हुनुपर्नेछ ।

छ) मतदाता बाहेकका व्यक्तिले मतदान प्रक्रियामा भाग लिन पाउने छैनन्।

३) उमेदवारी शुल्कः
अध्यक्षः £ १००
पदाधिकारी: £५०
सदस्यः £३०

४) आचार संहिता तथा अन्य कार्यविधिः
क) निर्देशित गरे नुसार निर्बाचन समितिले विधान, कार्यसमितिको निर्णय तथा निर्वाचन कार्यविधिको परिधिभित्र रही निर्वाचनको कार्यतालिका बनाउने, निर्बाचन व्यवस्थापन र सम्पन्न गर्नेछ ।

ख) कुनै जात, धर्म, संस्कृति, राजनैतिक पार्टी तथा भूगोल जस्ता कुरालाई आधार मानि प्यानल बनाई निर्बाचन लड्न तथा प्रचार प्रसार गर्न पाइने छैन ।

ग) कुनै उमेद्वारको व्यक्तिगत कुरामा टिका टिप्पणी गर्न पाइने छैन ।

घ) निर्वाचन समितिका कुनै पनि सदस्यले कुनै उमेद्वारको पक्षमा चुनाव प्रचार प्रसार गर्न तथा पक्ष वा विपक्षमा भोट माग्न पाइने छैन ।

ङ) निर्वाचनको जुनसुकै बिषयमा विवाद देखिन आएमा निर्वाचन समितिले विवादको समाधान गर्ने छ । विवाद समाधान नभए कार्यासमितको सहयोगमा विवाद समाधान गरिनेछ र यसरि गरिएको विवाद समाधान नै अन्तिम निर्णय हुनेछ ।

च) कुनै उमेद्वारको बारेमा विवाद भएमा सो को प्रमाणीकरण गर्न आवयक कागजात उपलब्ध गराउने काम निज उमेद्वारको नै हुनेछ।

निर्वाचन समिति २०२५, चार्ल्टन नेपाली समाज, यूके

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू