ध्यानले मन आनन्दित बनाउँछ: आचार्य


लन्डन – बेलायत स्थित व्यवसायी तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष कुल आचार्यले ध्यानले मन आनन्दित बनाउने बताएका छन्।
काठमाडौँस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले संचालन गरिरहेको ध्यान शिविरमा सहभागी आचार्यले आजको व्यस्त जीवनमा ध्यान अपरिहार्य रहेको बताए।
जीवनलाई आनन्दमय र थप उत्पादनशील बनाउन ध्यान गर्नुपर्ने जनाउँदै ओशो सन्न्यासी पनि रहेका आचार्यले नेपाललाई विश्वकै ध्यान केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए।
यही २३ मे देखि २६ मे सम्म मूर् हल, मेडनहेडमा भइरहेको ध्यान शिविरमा झन्डै ४५ जना साधक सहभागी भएको ओशो आनन्दबोधी ध्यान केन्द्रका संयोजक स्वामी ध्यान शंकरले बताए।
“जब हामी व्यावसायिक जीवनमा लाग्छौं, जीवनको अनुभव सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ। तर आज हामी बढी आत्तिएको अवस्था छ, स्ट्रेसको अवस्था छ। त्यस्तो तनावलाई कम गर्ने ध्यानका विधिहरु सिकेर तपाईं घरमै पनि गर्न सक्नु हुन्छ,” स्वामी अर्हतले भने- “हाम्रा भावना वा विचारहरुबाट हाम्रो जीवन संचालित हुन्छ, ती विचारलाई कसरी सन्तुलित गर्ने? मित्रताको भावबाट आध्यात्मिक चेतसहित कसरी जिउने लगायतका विषयहरु हामी शिविरमा सिक्नेछौं। ”
“जेनरेशन ग्याप के हो ? हामीलाई बच्चाहरुसंग कुरा गर्न किन गाह्रो हुन्छ? त्यसको जग के हो र हामीले कसरी आफ्नै छोरा छोरीसंग संवाद गर्ने कला सिक्न सक्छौं ? हल्का शरीर, शान्त मन, विचारमा स्थिरता र जगतसंगको आध्यात्मिक सम्बन्धबारे पनि हामी शिविरमा छलफल तथा अभ्यास गरिरहेका छौं,” उनले भने ।
त्यस्तै ओशो आनन्दबोधी ध्यान केन्द्रका संयोजक स्वामी ध्यान शंकरले आफ्नो व्यवसाय र पेशामा उत्कृष्टता हासिल गर्नका साथै परिवार र आफ्नो जीवनमा स्नेह र शान्तिका लागि पनि योग र ध्यानको अत्यन्तै ठूलो भूमिका हुने बताए।
ओशो तपोवनका संस्थापक बोधिसत्त्व स्वामी आनन्द अरुणका निकट सहयोगी स्वामी आनन्द अर्हतले गत १८ वर्षदेखि बेलायतमा ध्यान शिविरहरु सन्चालन गर्दै आएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५