बिहीबार, ५ फ्रेब्रवरी, २०२६
07:04 | १२:४९

गोर्खाकपमा भाग लिन बेलायत आइपुगे तमुधिं नेपाल अध्यक्ष गुरुङ

नेपाली लिङ्क मे २२, २०२५

लन्डन- तमुधिं यूकेद्वारा बेलायतमा आयोजना हुने २३ औं गोर्खाकपमा भाग लिन तमुधिं नेपालका केन्द्रीय अध्यक्ष हुम गुरुङ बेलायत आएका छन्।

अध्यक्ष गुरुङ विहीबार साँझ लन्डन हिथ्रो विमानस्थल अवतरण गरेका हुन्। तमुधिं यूकेको निमन्त्रणामा आएका उनी दुई साता बेलायतमा रहनेछन्।

अध्यक्ष गुरुङलाई बेलायतमा स्वागत गर्न तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, पूर्व अध्यक्ष ज्ञाम गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, सहारा यूके पूर्व अध्यक्ष लेफ्टिनेण्ट रिटायर्ड कुसाङ गुरुङ, पत्रकार आश गुरुङ, ओमकार गुरुङलगायत हिथ्रो विमानस्थल पुगेका थिए।

यसअघि गोर्खाकपकै लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी (साम्बा) पनि विहीबार नै बेलायत आइपुगेकी छन्।

बेलायत आइपुगेका खेलाडी सम्बा र तमुधिं नेपाल अध्यक्ष गुरुङलाई बेलुका अल्डरसटस्थित पानस रेष्टुरेन्टमा स्वागत तथा सम्मान गरिएको छ।

यही आइतबार २५ मेमा अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्टस् फिल्डमा आयोजना हुने २३ औं गोर्खाकपमा करिब तीन सय अतिथि आमन्त्रित छन् भने गोर्खाकप हेर्न १५ देखि २० हजारसम्म दर्शक अपेक्षा गरिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू