शनिबार, ६ सेप्टेम्बर, २०२५
10:28 | १५:१३

गोर्खाकपमा अनुग्रह ज्वेलर्सको लोभलाग्दो अफर

नेपाली लिङ्क मे २१, २०२५


लन्डन- बेलायतमा सुनचांदीका गरगहना बिक्री वितरणमा विश्वासिलो मानिएको अनुग्रह ज्वेलर्सले गोर्खाकपमा विशेष अफर दिने भएको छ ।

बेलायतकै सबैभन्दा ठूलो संस्था तमुधिं यूकेको आयोजनामा २५ मे, २०२५ आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा हुन लागेको २३ औं गोर्खा कपका अवसरमा मे ३१ तारिखसम्मकै लागि अफर दिन लागिएको हो।

अनुग्रहले गोर्खाकपस्थलमा आफ्नो बेग्लै स्टलमार्फत पनि आफ्नो सेवा र अफरहरुबारे जानकारी दिने तयारी गरेको अनुग्रहका निर्देशक सुमन राईले जनाए ।

सबै गरगहना आइटम मेकिङ चार्जमा ३५ प्रतिशतसम्म छुट, हमेला माला सित्तैमा बनाउन सकिने र थप १५ पाउण्डको भौचर समेत दिइने राईले बताए । उता, बेरुवा, बटारेको बाला र औंठी बनाउन समेत शुल्क नलाग्ने अनुग्रहले जनाएको छ ।

यस अतिरिक्त स्टलमा आउने ग्राहकहरुका लागि आकर्षक उपहार समेत प्रवन्ध गरिएको अनुग्रहले जनाएको छ ।

१० हजार बढी मानिसको जमघट हुने अपेक्षा गरिएको गोर्खा कप एउटा फुटबल प्र्रतियोगितामात्र नभएर नेपाली कला, संस्कृति झल्काउने मेला र वर्षौं भेट हुन नपाएका दौंतरीहरुको पुनर्मिलन हुने एक शुभ अवसर पनि हो ।

‘हामी यस ऐतिहासिक जमघटमा सेवाग्राहीलाई विशेष अफर दिन चाहन्छौं’, सञ्चालक सुमन राईले भने, ‘हाम्रो स्टलमा आएर आफ्नो रोजाइका गुणस्तरीय गरगहनाबारे जानकारी लिनुहोस्, हामीले तपाईहरुको लागि ल्याएको विशेष अफरबारे पनि बुझ्नुहोस् र लाभ लिनुहोस्। सुनचांदी खरिद सुन्दर भविष्यको एक आधार पनि हो ।’

बेलायतको अल्डरसट र प्लमस्टिडमा शोरुम रहेको अनुग्रह ज्वेलर्सले सुनचांदीका मौलिक नेपाली गरगहनादेखि नयाँ–नयाँ डिजाइनका आधुनिक गरगहना पनि विक्री गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू