रसमोर एरिनामा एलजी फेष्ट, खुल्ला कन्सर्टमा उत्रंदैछन् नेपालका नामी व्याण्डहरु


लन्डन । एलजी एसोसिएसन यूकेले आउंदो २८ जुनमा ‘एलजी फेष्ट यूके २०२५’ आयोजना गर्ने तयारी गरेको छ ।
कार्यक्रम ब्रिटेनको अल्डरसटस्थित रशमोर एरिनामा हुँदैछ, जुन नेपालीले गर्न लागेको यस वर्षकै सबैभन्दा ठूलो खुला कन्सर्ट हो ।
आयोजकहरु नेपालका उत्कृष्ट व्याण्ड उतारेर झण्डै १० वर्षपछि पुनः कार्यक्रमका लागि फर्केका हुन् ।
उक्त सांगीतिक कार्यक्रममा मुख्य कलाकारका रूपमा एज व्याण्ड प्रस्तुत हुँदैछ, जसले आफ्नो २५ औं वार्षिकोत्सव पनि यहीं मनाउने तयारी गरिरहेको छ ।
उक्त वृहत कन्सर्टमा पूर्ण राई र दाजुभाईहरू पनि प्रस्तुत हुँदैछन् । उनीहरुले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई झनै तताउने आायोजकको अपेक्षा छ ।
त्यस्तै, अहिले नेपालमा पप र रक संगीत क्षेत्रमा चर्चा बटुलिरहेका जोन एण्ड द लोकल्सले पनि यस कार्यक्रममा प्रस्तुति दिने इभेन्ट संयोजक राजेन्द्र गुरुङ (कान्छा दाई) ले जानकारी दिए ।
‘उल्लेखित व्याण्डका प्रशंसकहरू निकै उत्साहित छन् । मलाई आशा छ कन्सर्टमा उनीहरूले दर्शकमन जित्ने गरि धमाका मच्चाउनेछन्’, संयोजक गुरुङले भने ।
नयाँ पुस्ताका कलाकारहरू केहर सिंह लिम्बु, श्रीगो, र बीटुले पनि यस कार्यक्रममार्फत आफ्नो प्रस्तुति दिनेछन्। यी कलाकार नेपाली संगीत उद्योगमा उदाउंदै गरेका आशलाग्दा प्रतिभा मानिन्छन्।
आयोजकले कार्यक्रममा करिब ५ हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरेका छन् । कार्यक्रम होष्ट गर्दैछन् सृजना गुरुङ र सिड्नीले । एलजी एसोसिएसन यूकेले बेलैमा टिकट लिएर भरपुर मनोरन्जन लिन सबैमा अपिल गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५