शनिबार, वैशाख २०, २०८२
12:06 | १६:५१

यस्तो छ नेपाल सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

नेपाली लिङ्क मे २, २०२५

काठमाडौं- नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक भएको छ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रममा विद्यालय शिक्षा ऐन यही अधिवेशनबाट पारित हुने, विद्युतको अभाव हुन नदिन तथा आयात प्रतिस्थापन गर्न जलाशययुक्त आयोजना कार्यान्वयन, जेनजी पुस्तालाई प्राथमिकता दिएर स्टार्टअप प्रवर्द्धन गर्ने लगायतका विषय समेटिएका छन्।

त्यस्तै, प्रधानमन्त्री र राष्ट्रपतिका नाममा राखिएका सबै परियोजनाको नाम फेरिएको छ ।

त्यसैगरि, नीति तथा कार्यक्रममा उद्यमशीलतामार्फत आन्तरिक रोजगारी सृजना गरी आयआर्जनका अवसर वृद्धि गर्ने, स्वास्थ्य सेवा सम्बन्धी सबै सहायता तथा सहुलियत कार्यक्रमहरूलाई स्वास्थ्य बीमा क्षेत्रमा आबद्ध गर्ने, त्रिभुवन विश्वविद्यालस्थित क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रूपान्तरण गरिने, अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडी र उनीहरूको सन्तानलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने, रंगशाला लगायतका पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने उल्लेख छ । 

नीति तथा कार्यक्रमको पूर्णपाठ:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू