एकता अधिवेशनमा सहमतिमै नेतृत्व चयन गराउन सक्रिय बने अध्यक्ष उम्मेदवार सेन


काठमाडौं- एनआरएनए आइसीसीमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका अभियन्ता थर्क सेनले सहमतिमै नयाँ नेतृत्व चयनका लागि सक्रियता बढाएका छन् ।
यही शनिबार मे ३ देखि ५ तारिखसम्म काठमाडौंमा हुन लागेको एकता महाधिवेशनमा सर्वसम्मत् नेतृत्व चयनको वातावरण बनाउन उनी सक्रिय बनेका हुन्।
एकता महाधिवेशनका लागि संसारभरबाट काठमाडौं पुगेका एनआरएनए अभियन्ताहरुलाई भेट्ने क्रममा अध्यक्ष उम्मेदवार सेनले आपसी सहमति र सहकार्यबाटै नेतृत्व चयनका पक्षमा ‘लबिङ’ गरिरहेका छन् ।
महाधिवेशनका डेलिगेट अभियन्ताहरुले पनि सहमतिमै नयाँ टीम निर्माणको आफ्नो एजेन्डाप्रति सकारात्मक प्रतिक्रिया दिइरहेको सेनले बताए ।
‘एनआरएनए यतिबेला जटिल मोडमा छ । यो कठिन अवस्थामा संस्थाको अस्तित्व जोगाउनु यसमा आबद्ध सबै सदस्य र अभियन्ताहरुको कर्तव्य हो’, सेन भन्छन्, ‘यो अवस्थामा आपसमै निर्वाचन लडेर, विभाजन भएर भन्दा सबैजना एकताबद्ध भएर सहकार्य गरेरै अगाडि बढ्नु बुद्धिमानी हुन्छ ।’
संसारभरका आम गैरआवासीय नेपालीको भावना पनि एकता र सहकार्य रहेकाले उनीहरुको भावनाको सम्मान गर्दै आफूले यो एजेन्डा अघि बढाएको उनले बताए ।
‘विशेष परिस्थितिमा हुन लागेको एकता महाधिवेशन हो । नयाँ नेतृत्व चयनमा पनि एकता र सहकार्य देखाउन सक्यौं भने यो महाधिवेशन झन् बढी सार्थक हुनेछ’, सेनले भने ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५