सोमबार, वैशाख २२, २०८२
स्ट्याम्प ड्युटी बढेपछि बेलायतमा घरको मूल्यमा गिरावट


नेपाली लिङ्क
मे ४, २०२५
लन्डन । अप्रिल महिनामा बेलायतका घरको मूल्यमा ०.६ प्रतिशतको गिरावट आएको छ ।
मोर्गेज लेन्डर नेशनवाइडको पछिल्लो तथ्यांक अनुसार, गत अप्रिल १ देखि स्ट्याम्प ड्युटीको दरमा नयाँ नियम कार्यान्वयनमा आएसंगै गिरावट आएको हो । यसलाई गत अगष्ट २०२३ यताकै ठूलो गिरावट भनिएको छ ।
वार्षिक आधारमा घरको मूल्यवृद्धिको दरमा पनि मन्दी आएको छ, तर बितेको एक वर्षको तुलनामा अहिले घरको औसत मूल्य ३.४ प्रतिशतले बढेको छ । घरको औसत मूल्य अहिले २ लाख ७० हजार ७५२ पाउन्ड छ ।
नेशनवाइडका प्रमुख अर्थशास्त्री रोबर्ट गार्डनरले मार्च महिनामा स्ट्याम्प ड्युटी बढ्नु अगाडि नै घर किन्ने लेनदेनमा उल्लेखनीय वृद्धि भएको बताए।
उनले भने, ‘आगामी केही महिना आवास बजारमा मन्दी रहन सक्छ ।’ तर, उनले यो समर (गर्मीयाम) मा आम्दानी बढ्ने र ब्याजदर घट्ने आशामा घर किन्न इच्छुकहरु बढ्न सक्ने बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५