गायक आर्को मुखर्जीले नेपालका बाढीपीडित समुदायको सहयोगार्थ गरे कन्सर्ट


लन्डन – लोकप्रिय गायक आर्को मुखर्जीले नेपालका बाढी पीडित समुदायको सहयोगार्थ लाइभ कन्सर्ट गरेका छन्।
आइतबार प्रत्यक्ष प्रसारित उक्त कन्सर्ट हेल्पनेपाल नेटवर्कको फेसबुक पेजमा गएर अझै हेर्न सकिन्छ ।
आफ्ना सहकर्मी कौस्तभको साथमा आर्कोले रेशम फिरिरी, देउरालीमा बतास चल्यो, कलकत्ते काइयो केश मेरो बाङ्गै टेबुलमा ऐना छ, हे कान्छा ठट्टैमा यो बैंश जान लाग्यो जस्ता लोकप्रिय गीतहरु गएका थिए।
उनले हिन्दी र नेवारीमा पनि गीत गाएका थिए। उनले नेपालमा गत २६ अगष्टमा गएको भीषण बाढीमा निधन भएका सबै प्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरे।
हेल्पनेपाल नेटवर्क युकेका अध्यक्ष सचिन श्रेष्ठले गायक आर्को, संगीतकार कौस्ताभ लगायत सबैलाई धन्यवाद दिए। उनले यो लिंकमा गएर अझै पनि बाढी पीडितहरुलाई सघाउन सकिने बताए।
हेल्पनेपाल नेटवर्क युकेका महासचिव प्रदीप पनेरुले कन्सर्टमा प्रत्यक्षरुपमा जोडिएका सबैलाई हार्दिक धन्यवाद दिए।
भारतको कोलकतामा जन्मिएका आर्को मुखर्जी अन्तरराष्ट्रिय रुपमा चिनिएका गायक तथा संगीत अनुसन्धानकर्ता हुन्। उनले ‘गन्धर्व सम्मान’ पनि प्राप्त गरेका छन्।
हेल्पनेपाल नेटवर्क युकेका उपाध्यक्ष प्रसिद्ध प्रधानले गएको तीन सातादेखि हेल्पनेपाल नेटवर्कका स्वयम्सेवकहरु प्रभावित ठाउँमै गएर खाद्यान्न, औषधि, त्रिपाल, खाना पकाउने भाडाकुडा जस्ता अत्यावश्यक सामान वितरण गरिरहेको जनाए ।
“तपाईंहरुले गर्नु भएको स्वेच्छिक सहयोग पनि हामीले शतप्रतिशत बाढीपीडित समुदायसम्म पुराउने छौं,” उनले भने।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


