सोमबार, ७ सेप्टेम्बर, २०२६
12:46 | १७:३१

एबर्डीनमा ‘काव्ययात्रा’ र सम्मान

नेपाली लिङ्क सेप्टेम्बर ७, २०२६


स्कटल्यान्ड ७ सेप्टेम्बर, २०२६- समकालीन साहित्य प्रतिष्ठान बेलायत र ‘एबर्डीन पोएट्री ग्रुप’ को संयुक्त आयोजनामा ५ सेप्टेम्बरको साँझ बेलायतको स्कटल्यान्डमा अविस्थत एबर्डीन सहरमा काव्ययात्रा सम्पन्न भएको छ ।

लन्डन र एबर्डीनका कविहरुको सहभागिता रहेको उक्त कार्यक्रममा कवि डा. मुकुल दाहाल, डा. कृष्ण उपाध्याय, नवीन खड्का, योगराज ढकाल, दुष्यन्त भट्टराई, दुर्गा धिमिरे, मधु सुवेदी, राज क्षेत्री, मीन भट्ट, गंगा चेम्जोङ, कमला घिमिरे, कृष्ण बजगाईंले कविता वाचन गर्नु भएको थियो भने टक थापा र कामु ढकालले गीत प्रस्ततु गर्नु भएको थियो ।

उक्त कार्यक्रममा डा. मुकुल दाहाल, डा. कृष्ण उपाध्याय, नवीन क्षेत्री र दुष्यन्त भट्टराईलाई नेपाली भाषा–साहित्यको संवर्धन एवम् श्रीबृद्धिमा निरन्तर समर्पित रही डायस्पोराको क्षितिजबाट अविश्रान्त साधनाद्वारा विश्वसामु नोपली वाङ्मयको गरिमा र उच्चता कायम राख्दै उहाँहरुले पु¥याउनु भएको विशिष्ट योगदानका लागि ‘समकालीन काव्ययात्रा सम्मान प्रदान गरिएको थियो ।

समकालीन साहित्य प्रतिष्ठान बेलायतका अध्यक्ष कृष्ण बजगाईंले संस्थाको गतिविधिका बारेमा संक्षिप्त जानकारी दिँदै काव्ययात्राको चौंथो सृङ्खला एबर्डीन सहरमा आयोजना गर्न पाउँदा खुसी व्यक्त गर्नु भयो ।

उहाँले काव्ययात्रा र प्रतिभा सम्मानको कार्यक्रमलाई प्रतिष्ठानले निरन्तरता दिने बताउनु भयो । काव्ययात्रा कार्यक्रम बेलायत, अमेरिका, बेल्जियम, नर्वे, डेनमार्कमा पनि आयोजना गरिने बताउनु भयो । बजगाईंले काव्ययात्रामा वाचित कविहरुका कविता सङ्ग्रह प्रकाशन गरिने जानकारी दिनु भयो ।

उक्त कार्यक्रममा डा. मुकुल दाहालले सन् २०१५ देखि ‘एबर्डीन पोएट्री ग्रुप’ले नियमितरुपमा कविता गोष्ठी र पुस्तकमाथिको छलफल कार्यक्रम आयोजना गरिरहेको कुरा बताउनु भयो । उहाँले समकालीन साहित्य प्रतिष्ठान बेलायतको कार्यक्रमको सराहना गर्नु भयो ।

कार्यक्रममा डा. कृष्ण उपाध्यायले कविता लेखन र त्यसले पार्ने प्रभावका बारेमा संक्षिप्तरुपमा चर्चा गर्नु भयो । उक्त कार्यक्रममा एबर्डीन सहरका कवि तथा नेपालीहरुको उल्लेखनीय उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू