पुनः बाढीपछि माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न कठिनाइ


काठमाडौं––बाढीका कारण माथिल्लो त्रिशूली ३ ’ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार गर्ने काम अवरुद्ध भएको छ ।
सरकारले गएको रातभरि नै निरन्तर उद्धार प्रयास जारी राखेपनि आज बिहान करिब ४ बजे आयोजना स्थलमा पुनः आएको बाढीका कारण त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेपछि उद्धारमा कठिनाइ भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नदीको सतह अत्यधिक बढेपछि त्यसले आयोजना क्षेत्रको किनार तीव्र रूपमा काट्न सुरु गरेको जनाइएको छ ।
तर पनि सरकारले पुनः पूर्ण सतर्कताका साथ आयोजना क्षेत्रको समग्र क्षति र परिस्थितिको अवलोकन गर्दै माटो तथा लेदो हटाउन पुनः डोजर र भारी उपकरणहरू परिचालन गर्ने तयारी गरेको जनाएको छ।
यसैगरी, पहिरो र माटोले पुरिएको त्रिशूली ३ ’ए’ को टनेल पोर्टल तथा पावर हाउस नियन्त्रण गर्ने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सहरू सुरक्षित रूपमा निकाल्न सरकारले हेलिकप्टरमार्फत ’स्पेशल फोर्स’ परिचालन गर्ने तयारी गरेको छ।
सडक पहुँच अवरुद्ध भएकाले पुरिएको भवन नजिकै हेलिकप्टरबाट टोली उतारेर ती महत्त्वपूर्ण उपकरणहरू निकाल्ने तयारी सरकारको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


