रसुवा बाढीपीडितका लागि यती नेपाली एसोसिएसन यूकेद्वारा विशेष राहत अभियान सञ्चालन

लन्डन । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि बेलायतको पुरानो नेपाली सामुदायिक संस्था यती नेपाली एसोसिएसन यूकेले विशेष राहत तथा आर्थिक सहयोग अभियान सञ्चालन गरेको छ।
विशेषगरी बाढीबाट गम्भीर प्रभावित रसुवा जिल्लामा तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउने उद्देश्यसहित एसोसिएसनले बेलायतस्थित नेपाली समुदायसहित व्यवसायी, च्यारिटी संस्था, स्वास्थ्य सेवा प्रदायक, व्यापारी, लजिस्टिक्स तथा ढुवानी कम्पनी र विभिन्न समुदायलाई सहयोगका लागि अपिल गरेको हो।
एसोसिएसनका अध्यक्ष टंक भट्टराईले नेपालमा सरकारी निकाय तथा स्थानीय राहत प्रयाससँग सम्बन्धित व्यक्तिहरूसँग नियमित सम्पर्क र समन्वय भइरहेको जनाएका छन्। बेलायतमा समेत विभिन्न समुदायका व्यक्ति तथा संस्थाले बाढीपीडितलाई सहयोग गर्ने इच्छा व्यक्त गरेपछि राहत अभियानलाई व्यापक बनाइएको उनले बताए।
सन् १९६० मा स्थापना भएको यती नेपाली एसोसिएसन यूके बेलायतको पुरानो नेपाली सामुदायिक संस्थामध्ये एक हो। संस्थाले लामो समयदेखि बेलायतमा नेपाली समुदायलाई एकताबद्ध गर्दै सामाजिक तथा परोपकारी गतिविधि सञ्चालन गर्दै आएको छ।
नेपालमा बुधबार आएको विनाशकारी बाढीबाट रसुवासहित उत्तरी नेपालका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। रसुवाका टिमुरे, रसुवागढी र स्याफ्रुबेसीलगायतका क्षेत्र नराम्ररी प्रभावित भएका छन्। सडक, पुल तथा अन्य पूर्वाधारमा समेत व्यापक क्षति पुगेपछि कतिपय प्रभावित समुदायसम्म राहत पुर्याउन कठिन भइरहेको छ।
यसैबीच यती नेपाली एसोसिएसन यूकेले आर्थिक सहयोग संकलनका लागि गोफण्डमी अभियानसमेत सञ्चालन गरेको छ। अभियानबाट उठेको रकम नेपालको आधिकारिक विपद् राहत प्रयासमा सहयोग पुर्याउन तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत योगदान गर्ने उद्देश्य रहेको संस्थाले जनाएको छ।
रसुवामा राहत कार्यमा सहयोग गरिरहेका सम्पर्क व्यक्तिबाट प्राप्त तत्काल आवश्यकताको सूचीअनुसार ठूलो परिमाणमा इन्धन, खाद्यान्न, लत्ताकपडा, औषधि तथा अस्थायी आवासका सामग्री आवश्यक रहेको अध्यक्ष भट्टराईले जानकारी दिए।
एसोसिएसनका अनुसार तत्काल २० हजार लिटर डिजेल, ५ हजार लिटर पेट्रोल, ५०० पावर बैंक, बालबालिकाका लुगा तथा चप्पल, चामल, दाल, खानेतेल, नुन, मसला तथा अन्य खाद्यान्न आवश्यक छन्। त्यसैगरी २०० ग्यास सिलिन्डर, २०० टर्च लाइट, ४० सोलार तथा फ्लड लाइट, २ हजार ५०० कम्बल, २ हजार बडी ब्याग र ९०० त्रिपालको माग आएको छ। स्वास्थ्यतर्फ रक्तचाप, मधुमेह र थाइराइडलगायतका बिरामीका लागि आवश्यक औषधिसहित ९०० पोर्टेबल अक्सिजन सिलिन्डर आवश्यक रहेको जनाइएको छ।
एसोसिएसनका अनुसार तत्काल २० हजार लिटर डिजेल, ५ हजार लिटर पेट्रोल, ५०० पावर बैंक, बालबालिकाका लुगा तथा चप्पल, चामल, दाल, खानेतेल, नुन, मसला तथा अन्य खाद्यान्न आवश्यक छन्। त्यसैगरी २०० ग्यास सिलिन्डर, २०० टर्च लाइट, ४० सोलार तथा फ्लड लाइट, २ हजार ५०० कम्बल, २ हजार बडी ब्याग र ९०० त्रिपालको माग आएको छ। स्वास्थ्यतर्फ रक्तचाप, मधुमेह र थाइराइडलगायतका बिरामीका लागि आवश्यक औषधिसहित ९०० पोर्टेबल अक्सिजन सिलिन्डर आवश्यक रहेको जनाइएको छ।
प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी, मनोवैज्ञानिक तथा अन्य सम्बन्धित पेशाकर्मीको समेत आवश्यकता रहेको एसोसिएसनले जनाएको छ। त्यस्तै उद्धार तथा सूचना प्रवाहका लागि १०० ह्यान्डहेल्ड माइक्रोफोन तथा मेगाफोन, सरसफाइका लागि लुगा धुने तथा नुहाउने साबुन, स्यानिटाइजर, ९ हजार स्यानिटरी प्याड तथा ९ हजार म्याट्रेस र बेडिङ सामग्रीको आवश्यकता रहेको छ।
एसोसिएसनले अन्य बाढी प्रभावित जिल्लाबाट समेत आवश्यक राहत सामग्रीको अद्यावधिक विवरण मागिरहेको र ती विवरण प्राप्त भएपछि थप सहयोग परिचालन गरिने जनाएको छ। अध्यक्ष भट्टराईले नेपालबाट प्राप्त प्रत्यक्ष विवरण, तस्वीर तथा स्थानीय सम्पर्कबाट आएको जानकारीले बाढी प्रभावित क्षेत्रको अवस्था अत्यन्तै गम्भीर रहेको बताए। ‘हामीले नेपालबाट प्राप्त गरिरहेका जानकारी, तस्वीर र प्रत्यक्ष अपडेट हेर्दा विनाशको अवस्था अत्यन्त गम्भीर छ। प्रभावित समुदायले सामना गरिरहेको कठिनाइ बाहिर देखिएभन्दा धेरै ठूलो छ,’ भट्टराईले भने।
उनले बेलायतमा रहेका नेपाली तथा अन्य समुदायका व्यक्ति, व्यवसायी र संघसंस्थालाई मानवीय संकटको यो घडीमा सहयोगका लागि अगाडि आउन आग्रह गरेका छन्। सामग्री उपलब्ध गराउन चाहने व्यक्ति तथा संस्थाबाट सम्भव भएसम्म स्वयंसेवकमार्फत संकलन गर्ने वा तोकिएको संकलन केन्द्रमा बुझाउने व्यवस्था मिलाइने एसोसिएसनले जनाएको छ। संकलित राहत सामग्री नेपाल पुर्याउन कार्गो, ढुवानी तथा अन्य लजिस्टिक्स व्यवस्थापनको तयारीसमेत भइरहेको यसको सम्पूर्ण खर्च आफूहरुले व्यहोर्ने भट्टराईले बताए ।
अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न ‘यती राहत तथा फन्डरेजिङ टिम’ समेत परिचालन गरिएको छ। टोलीमा अध्यक्ष टंक भट्टराई, उपाध्यक्ष राज पाण्डे, उपमहासचिव सुष्मा भट्टराई, कोषाध्यक्ष मनिकला राई र कार्यसमिति सदस्य जेनिश गिरी रहेका छन्।
राहत अभियानसम्बन्धी जानकारी तथा सहयोगका लागि अध्यक्ष भट्टराईलाई ०७४१२ ६३९१७७, उपाध्यक्ष पाण्डेलाई ०७७२७ १८१८०८, उपमहासचिव भट्टराईलाई ०७५८४ ४२५७७९, कोषाध्यक्ष राईलाई ०७९८३ ७२३०४६ र कार्यसमिति सदस्य गिरीलाई ०७४१५ ९२५१०० मा सम्पर्क गर्न सकिने जनाइएको छ।
राहत अभियानसम्बन्धी जानकारी तथा सहयोगका लागि अध्यक्ष भट्टराईलाई ०७४१२ ६३९१७७, उपाध्यक्ष पाण्डेलाई ०७७२७ १८१८०८, उपमहासचिव भट्टराईलाई ०७५८४ ४२५७७९, कोषाध्यक्ष राईलाई ०७९८३ ७२३०४६ र कार्यसमिति सदस्य गिरीलाई ०७४१५ ९२५१०० मा सम्पर्क गर्न सकिने जनाइएको छ। ‘सहयोग ठूलो वा सानो भन्ने हुँदैन। अहिले संकटमा परेका परिवारका लागि हरेक सहयोग महत्वपूर्ण हुन्छ,’ अध्यक्ष भट्टराईले भने, ‘बेलायतमा रहेका सबै व्यक्ति, व्यवसाय तथा संघसंस्थालाई यो अभियान व्यापक रूपमा शेयर गर्दै सक्दो सहयोग गरिदिन अनुरोध गर्दछौं।’
यती नेपाली एसोसिएसन यूकेले आर्थिक सहयोगसँगै आवश्यक सामग्री उपलब्ध गराउन सक्ने व्यवसाय, च्यारिटी, स्वास्थ्य संस्था, थोक विक्रेता तथा ढुवानी कम्पनीहरूलाई विशेष रूपमा अभियानमा जोडिन आग्रह गरेको छ। हाल रसुवाको अवस्था गम्भीर रहेको र थप बाढीको जोखिमका कारण उद्धार कार्यसमेत प्रभावित भएको पछिल्लो रिपोर्टले देखाउँछ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


