आइतबार, १ नोभेम्बर, २०२६
भीषण बाढीको बितण्डा: हालसम्म पाँच सय ५३ शव फेला

नेपाली लिङ्क
अगस्ट २८, २०२६

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी निधन भएका मध्ये हालसम्म पाँच सय ५३ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीले शुक्रबार साँझ ५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न आठ जिल्लाबाट पाँच सय ५३ जनाको शव फेला परेका हुन्।
प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, चितवनमा २२२, गोरखामा ४७, तनहुँमा ३१, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ।
बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ। प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै स्थानीयवासी र विभिन्न निकायको समन्वयमा बेपत्ता भएकाहरूको खोजी गरिरहेको जनाएको छ। ४४८९ जना प्रहरी फिल्डमा खटिएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५



