शुक्रबार, २१ अगस्ट, २०२६
कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवाका तर्फबाट रिट निवेदन दायर

रासस
अगस्ट २१, २०२६
काठमाडौँ । सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । पार्टीका पूर्वसभापति शेरबहादुर देउवाका तर्फबाट वारेसमार्फत आगामी असोजमा तय भएको १५औँ महाधिवेशन रोक्न आदेशको माग गर्दै आज रिट निवेदन दायर गरिएको हो ।
कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक गरेको छ । उक्त निर्णय रोक्न रिट निवेदन पेस गरिएको हो । कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतमा पुनः सुनुवाइ गर्न देउवा पक्षले निस्सा (अनुमति) पाएको छ ।
सोको टुङ्गो नलाग्दासम्म महाधिवेशन प्रक्रिया रोक्न रिट निवेदनमा माग गरिएको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


