मंगलबार, ४ अगस्ट, २०२६
23:54 | ०४:३९

बेलायत र क्रोयसिया पठाइदिने भन्दै ठगी गर्ने दुई पक्राउ

नेपाली लिङ्क अगस्ट ४, २०२६

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक आम्दानीको प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका ३१ शंखमूलबाट पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका २ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका ३१ शंखमूल बस्ने २६ वर्षीय रिगबान शेष छन् । उनले एक जनालाई बेलायत (यूके) पठाइदिने भन्दै रु. ७ लाख ठगी गरेका थिए ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका ११ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका ३१ शंखमूल बस्ने ४४ वर्षीय नवराज भट्ट पनि पक्राउ परेका छन् । उनले एक जनालाई क्रोयसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी गरेका थिए ।

दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू