शुक्रबार, १० जुलाइ, २०२६
12:56 | १७:४१

आफैँले शरीरमा आगो लगाएका गणेश नेपालीको निधन

रासस जुलाइ १०, २०२६

काठमाडौँ। जलनबाट घाइते भई वीर अस्पतालमा उपचार गराइरहेका मुगुका युवा गणेश नेपालीको निधन भएको छ ।

काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार आफैँले शरीरमा आगो लगाएका नेपालीको ‘आइसियु’मा राखेर उपचार गरिरहेको अवस्थामा केही बेरअघि निधन भएको वीर अस्पतालका प्रवक्ता डा प्रकाश बुढाथोकीले पुष्टि गरे ।

यसअघि सो अस्पतालले पत्रकार सम्मेलन गरी शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो ।

नेपाल सरकारले थप उपचारका लागि भारत लैजाने तयारी पूरा गरे पनि चिकित्सकहरूले उनको अवस्था निकै जटिल रहेकाले तत्काल आइसियुबाट निकाल्न नहुने सुझाव दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू