सोमबार, २५ मे, २०२६
13:05 | १७:५०

प्रधानमन्त्रीले ईयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै

नेपाली लिङ्क मे २५, २०२६

काठमाडौँ, ११ जेठ- प्रधानमन्त्री वालेन्द्र शाहले भोलि मंगलबार यहाँस्थित युरोपेली सङ्घ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार, उक्त सामूहिक भेट नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउन, द्विपक्षीय सम्बन्ध थप सुदृढ तुल्याउन र सहकार्यका विविध विषयमा छलफल गर्न केन्द्रित हुनेछ ।

प्रधानमन्त्री शाहले यसअघि चैत २५ गते नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू