शुक्रबार, २२ मे, २०२६
13:48 | १८:३३

पूर्व गोर्खाको समान पेन्सनलगायत मुद्दा सम्बोधन गर्न बेलायतलाई नेपाल सरकारको अनुरोध

नेपाली लिङ्क मे २२, २०२६

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले पूर्वब्रिटिश गोर्खा सैनिकले लामो समयदेखि माग गर्दै आएको समान पेन्सन सुविधालगायतका मुद्दा सम्बोधन गर्न बेलायतलाई अनुरोध गरेका छन्। नेपाल भ्रमणमा आएकी बेलायती इन्डो–प्यासिफिक तथा समानतासम्बन्धी मन्त्री सीमा मल्होत्रासँगको भेटमा खनालले यो ध्यानाकर्षण गरेका हुन्।

भेटमा दुवै पक्षले नेपाल–बेलायत सम्बन्धका विभिन्न पक्षहरूमा छलफल गर्दै ती सम्बन्धलाई आधुनिक बनाउने आवश्यकता औंल्याए। दुवै पक्षले लगानी, व्यापार, शिक्षा, भेटमा पर्यटन, जलवायु कार्य र डिजिटल प्रविधिमा सहकार्य बढाउने प्रतिबद्धना व्यक्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।


‘परराष्ट्रमन्त्री खनालले दशकौंदेखि समाधान हुन बाँकी रहेका पूर्व–बेलायती गोर्खाका चासो र माग छिट्टै समाधान गर्न मल्होत्रालाई अनुरोध गर्नुभयो’ भेटपछि परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री मल्होत्राले बेलायती सरकारले उक्त मुद्दा समाधान गर्न सकारात्मक रहेको बताउनुभयो।’

मल्होत्रा तीन दिनको औपचारिक भ्रमणमा शुक्रवार आइपुगेकी हुन्। उनले केही मन्त्रीहरूसँग भेट गर्ने तथा लुम्बिनी र कपिलवस्तुको भ्रमण गर्ने कार्यक्रम छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू