बिहीबार, ३० अप्रिल, २०२६
बेलायतवासी गायक भुषालले रचनासँग गाएको गीत सार्वजनिक (भिडियो)

नेपाली लिङ्क
अप्रिल ३०, २०२६

लण्डन—चर्चित गायिका रचना रिमाल र गायक बाबुराम भुषाल शीलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ ।
सार्वजनिक ‘माया बस्यो लौ तिमी सँगै’ बोलको गीतमा शब्द संगीत पनि बाबुराम भुषालकै छ ।
बेलायतमा रहेका गायक भुषालले नेपाली संगीतलाई माया गर्दै आधुनिक तथा लोक पप गीतहरु लेख्ने र आफैले गाउने पनि गर्दछन् ।
प्रवासमा रहेर पनि थुप्रै नेपाली आधुनिक तथा लोक पप गीतहरु युटुवमार्फत सार्वजनिक गरेका छन् ।
युटुवमार्फत सार्वजनिक ‘माया बस्यो लौ तिमी सँगै’ गीतको भिडियोमा माया र प्रेम भावमा शब्दहरु छन् ।
पोखरामा छायांकन गरिएको भिडियोमा कलाकार साधना तिवारी, रमेश तिमिलसेना, पूर्ण थापा र हिरावहादुर रायमाझीको अभिनय छ ।
गायक भुषालको कथामा तयार भएको भिडियोमा सुरज खनालको छायांकन तथा विकास धमलाको सम्पादन छ ।
भिडियो:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


