शुक्रबार, १७ अप्रिल, २०२६
सर्वोच्च अदालतले गगन नेतृत्वको कार्यसमितिलाई दियो मान्यता


नेपाली लिङ्क
अप्रिल १७, २०२६

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद छिनोफानो गर्दै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको पक्षमा फैसला गरेको छ ।
शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वका कार्यसमितिको पक्षमा फैसला गरेको हो ।
सर्वोच्च अदालतले आफ्नो निर्णय सुनाउँदै गगन थापाले नेतृत्व गरेको कार्यसमितिलाई मान्यता प्रदान गरेको हो ।
विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कमिटीलाई निर्वाचन आयोगले मान्यता दिएपछि शेर बहादुर देउवा र पूर्णबहादुर खड्का गत माघ ४ गते सर्वोच्चमा रिट लिएर पुगेका थिए ।
सर्वोच्च अदालतका उपरजिस्ट्रार तथा सूचना अधिकारी निराजन पाण्डेले शेरबहादुर देउवाका तर्फबाट दायर गरिएको दुईवटै रिट खारेज भएको र विशेष अधिवेशनले आधिकारिकता पाएको जनाए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


