शुक्रबार, १० अप्रिल, २०२६
२५ वर्षीया रुबी उपसभामुखमा भारी मतले निर्वाचित


नेपाली लिङ्क
अप्रिल १०, २०२६

काठमाडौं—श्रम संस्कृति पार्टीकी सांसद रुबी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा भएको निर्वाचनमा उनले २५६ मध्ये २२९ मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी राप्रपाकी सरस्वती लामाले पाँच मत पाइन्।
ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपाको समर्थन थियो भने नेकपा (एमाले) तटस्थ थियो। मतदानमा २२ सांसद अनुपस्थित थिए।
सभामुख डोलप्रसाद अर्यालले ठाकुर अत्यधिक बहुमतले निर्वाचित भएको घोषणा गरे।
धनुषामा जन्मिएकी २५ वर्षीया ठाकुर सामान्य परिवारबाट राजनीतिमा आएकी हुन्। उनका बुवा वैदेशिक रोजगारीको लागि साउदी अरबमा छन् भने आमा गृहिणी हुन्।
उनले सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेकी छन्। जेनजी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेकी ठाकुर युवा पुस्ताको प्रतिनिधित्व गर्दै उपसभामुख बनेकी हुन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


