आइतबार, ५ अप्रिल, २०२६
नवनिर्वाचित सभामुख अर्यालले लिए पद तथा गोपनीयताको शपथ


रासस
अप्रिल ५, २०२६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवनमा आइतबार आयोजित विशेष समारोहमा सभामुख अर्यालले शपथ लिएका हुन् ।
त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


