शनिबार, ७ मार्च, २०२६
13:25 | १९:१०

बालेन निर्वाचित, ओलीभन्दा झण्डै ५० हजार मत बढी

नेपाली लिङ्क मार्च ७, २०२६

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाह झापा क्षेत्र नम्बर ५ बाट भारी मतान्तरले निर्वाचित भएका छन् ।

शनिबार सांझ प्राप्त अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मत अन्तरले हराएका हुन् । ओलीले जम्मा १८ हजार ७३४ मत प्राप्त गरेका छन् ।

यसपटक निर्वाचनको ‘इपिसेन्टर’ बनेको झापा क्षेत्र नं. ५ मा बालेनले शुरुदेखि नै अग्रता बढाउंदै लगेका थिए ।

बालेन यतिखेर झापा पुगेर प्रमाणपत्र समेत लिइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू