प्रधानमन्त्री सुशीला कार्कीको सर्वत्र तारिफ, जनतालाई दिइन् बधाई



प्रधानमन्त्री कार्की । तस्बिर- रत्न श्रेष्ठ/रासस
काठमाडौँ, फागुन २१ गते । प्रधानमन्त्री सुशीला कार्कीले उत्साहजनक सहभागिताका साथ ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी मुलुकलाई लोकतान्त्रिक र संविधानसम्मत निकास दिन सफल भएकामा सम्पूर्ण नेपाली जनतालाई बधाई दिएकी छन् ।
प्रधानमन्त्री कार्कीले आज निर्वाचनको मतदान सकिएलगत्तै सामाजिक सञ्जाल मार्फत भनेकी छन्, “निर्वाचन आयोगको कुशल नेतृत्व, सुरक्षाकर्मीहरूको उच्च मनोबल र राष्ट्रप्रतिको बफादारिता, मेरो मन्त्रिपरिषद्का सदस्य तथा राष्ट्रसेवक कर्मचारीहरूको लगनशीलता, राजनीतिक दल र उम्मेदवारहरूको सकारात्मक सहयोग, अन्तरराष्ट्रिय समुदायको साथ र समर्थन, सञ्चारमाध्यमका जिम्मेवार खबरदारीका लागि धन्यवाद ।”
प्रधानमन्त्री कार्कीले आन्दोलनका सहिदहरू, घाइते योद्धाहरू तथा आन्दोलनकारी नवयुवाको त्याग, संयम, समझदारी र लोकतन्त्रप्रतिको समर्पणका लागि उच्च सम्मान व्यक्त गरेकी छन् ।
त्यसैगरी राष्ट्रपतिले निर्वाह गरेको अभिभावकीय भूमिकाका लागि पनि प्रधानमन्त्री कार्कीले कृतज्ञता व्यक्त गरेकी छन् ।
विषम परिस्थितिमा नेपालकै पहिलो महिला प्रधानमन्त्रीको बागडोर सम्हालेकी प्रधानमन्त्री कार्कीले निर्वाचन गराउने आफ्नो जिम्मेवारी पूरा गरेपछि सर्वत्र तारिफ भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


