मंगलबार, ३ फ्रेब्रवरी, २०२६
21:52 | ०३:३७

राष्ट्रियता समेटेर विनयले ल्याए सातौं गीति एल्वम ‘माटो’ (भिडियो)

नेपाली लिङ्क फ्रेब्रवरी ३, २०२६

काठमाडौं – व्यवसायी तथा एनआरएनए अभियन्ता विनय अधिकारीको सातौं गीति एल्वम ‘माटो’ सोमबार रिलिज भएको छ ।

राष्ट्रियताको विषयलाई समेटेर तयार पारिएको गीत सोमबार अधिकारीको आफ्नै युट्युव च्यानलमार्फत रिलिज भएको हो ।

विनय अधिकारीको शब्द र कृष्ण लामिछानेको संगीत रहेको ‘प्यारो देशकै माटो’ बोलको गीतमा चर्चित लोक तथा दोहारी गायक कुलेन्द्र विश्वकर्मा र गायिक समीक्षा अधिकारीको आवाज छ ।

विदेश जानु भन्दा नेपालकै माटोमा रमाउन युवालाई प्रेरित गरिएको गीतको भिडियोमा अधिकारी र गीता ढुंगानाको अभिनय छ । भिडियो निर्देशन विक्रम चौहानले गरेका छन् ।

जेनजी आन्दोलनपछि देशमा झनै निराशा बढेर विदेश जाने युवाको ताँती देखेपछि यस्तो गीत बनाएको अधिकारीले बताए ।

एनआरएनए अभियन्ता तथा शैक्षिक परामर्श व्यवसायीका रुपमा परिचित अधिकारी केही बर्षअघि गीत संगीतमा जोडिएका थिए । अधिकारी मातृभूमिका लागि केही गर्छु भनेर दुई वर्षअघि लन्डनबाट नेपाल फर्किएर गीत संगीतसँगै व्यवसायलाई निरन्तरता दिइरहेका छन् ।

अधिकारीका युके बस्ने माया, लुकी लुकी, आमा जेलैमा, दुनियाँ नै लठ्ठ छ, इन्द्र महाराज, तिम्लाई पीआर, मलाई देश चाहिएको… आदि गीत चर्चित छन् ।

युके बस्ने माया युट्युवमा १६ करोड बढी पटक हेरिएको छ । नयां गीत पनि दर्शक, श्रोताको रोजाइमा पर्ने विश्वास अधिकारीको छ ।

भिडियो:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू