नेपाली राजनीतिमा नयाँ ध्रुवीकरण: रवि, बालेन र कुलमानबीच कार्यगत एकता



काठमाडौँ। नेपाली राजनीतिक वृत्तमा पछिल्लो समय एउटा नयाँ र शक्तिशाली समीकरणको चर्चाले तीव्रता पाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो पार्टीका संरक्षक एवं ऊर्जा विज्ञ कुलमान घिसिङबीच रणनीतिक सहमति भएको जेनजी अगुवा सुदन गुरुङले बताएका छन्।
सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलायरै छोडिम र इतिहासले सम्झनेछ। रबि बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।’
घिसिङ रास्वपाको उपसभापतिसहित दोस्रो वरीयताको नेता बन्ने भएका छन् भने १६ प्रतिशत भन्दा बढी समानुपातिकको हिस्सा लिने गरी सोमबार उनीहरूबिच सहमति भएको बताइएको छ ।
प्राप्त जानकारी अनुसार, मुलुकको विद्यमान राजनीतिक अवस्था र सुशासनको मुद्दामा यी तीन प्रभावशाली व्यक्तित्वहरू एकै ठाउँमा उभिने तयारीमा जुटेका हुन्।
उनीहरूबीच देशको विकास, भ्रष्टाचार नियन्त्रण र युवा नेतृत्वलाई प्राथमिकता दिने विषयमा कार्यगत सहमति भएको दाबी स्रोतले गरेको छ। यद्यपि, यो सहमतिको औपचारिक घोषणा हुन भने बाँकी छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



