एघारौं महाधिवेशनबाट अध्यक्षमा ओलीले १ हजार ६६३ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन्।
उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरे।
ओलीको स्पष्ट बहुमतसहितको जितले पार्टीभित्र उनको नेतृत्वप्रति बलियो समर्थन रहेको देखाउँछ। यस परिणामसँगै ओलीले आगामी कार्यकालका लागि पनि पार्टीको सर्वोच्च नेतृत्व सम्हाल्ने भएका छन्।
उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ सर्वाधिक १७३७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने अन्य निर्वाचित उपाध्यक्षहरूमा विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्तले १२५८ मत प्राप्त गरे ।
यसै निर्वाचनमा महासचिव पदमा शंकर पोखरेल १ हजार २२८ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिस्पर्धी सुरेन्द्र प्रसाद पाण्डेले ९ सय ९९ मत प्राप्त गरे ।
महासचिवमा पोखरेलको जितसँगै एमालेको संगठनात्मक नेतृत्व संरचना थप स्पष्ट भएको छ। पार्टीका रणनीतिक निर्णय, संगठन सञ्चालन र आगामी राजनीतिक एजेन्डा कार्यान्वयनमा महासचिवको भूमिका महत्वपूर्ण हुन्छ।
उपाध्यक्ष पदतर्फ पृथ्वी सुब्बा गुरुङले १ हजार ७३७ मत, विष्णु प्रसाद पौडेलले १ हजार ६७५ मत, राम बहादुर थापा (बादल) ले १ हजार ५१६ मत, रघुजी पन्तले १ हजार २५८ मत, गोकर्णराज विष्टले १ हजार ३६८ मत प्राप्त गरेका छन्।
उपमहासचिव पदतर्फ योगेश भट्टराईले १ हजार ३४८ मत, रघुवीर महासेठले १ हजार ३६८ मत, लेखराज भट्टले १ हजार ४५२ मत प्राप्त गरेका छन्।
निर्वाचनमा २ हजार २ सय २७ मत खसेको थियो । ३६ जना महाधिवेशन प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए ।
निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। नेतृत्व चयनसँगै एमालेले संगठन सुदृढीकरण, पार्टी एकता कायम राख्ने र राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ।
अध्यक्षमा पुनः निर्वाचित भएपछि ओलीले पार्टीलाई अझ मजबुत, अनुशासित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।
महासचिव शंकर पोखरेलको विजयले पार्टीको सांगठनिक सञ्चालन र नीति कार्यान्वयनमा निरन्तरता र स्थायित्व आउने विश्लेषकहरूको भनाइ छ।
कसले कति भोट पाए ?
अध्यक्ष (१)
केपी शर्मा ओली : १६६३ (विजयी)
ईश्वर पोखरेल : ५६४ (पराजित)
उपाध्यक्ष (५)
पृथ्वीसुब्बा गुरुङ : १७३७ (विजयी)
विष्णुप्रसाद पौडेल : १६७५ (विजयी)
रामबहादुर थापा बादल : १५१६ (विजयी)
गोकर्णराज विष्ट : १३६८ (विजयी)
रघुजी पन्त : १२५८(विजयी)
गुरुप्रसाद बराल : ११३७ (पराजित)
बिन्दा पाण्डे : ९२१ (पराजित)
परशुराममेघी गुरुङ : ४६१ (पराजित)
अरुण नेपाल : ४३९ (पराजित)
टकंप्रसाद कार्की : ३५८ (पराजित)
भीमप्रसाद आचार्य : २६५ (पराजित)
महासचिव (१)
शंकर पोखरेल : १२२८ (विजयी)
सुरेन्द्रप्रसाद पाण्डे : ९९९ (पराजित)
उपमहासचिव (३)
लेखराज भट्ट : १४५२ (विजयी)
रघुवीर महासेठ : १३६८ (विजयी)
योगेस भट्टराई : १३४८ (विजयी)
विष्णुप्रसाद रिमाल : १०९१ (पराजित)
आनन्दप्रसाद पोख्रेल : ६३५ (पराजित)
वैजनाथ चौधरी : ५१७ (पराजित)
राजेन्द्रप्रसाद गौतम : २७० (पराजित)
सचिव (९)
महेश बस्नेत : १५४४ (विजयी)
पद्माकुमारी अर्याल : १५३० (विजयी)
छविलाल विश्वकर्मा : १५०६ (विजयी)
शेरधन राई : १५०३ (विजयी)
हिक्मतकुमार कार्की : १३३७ (विजयी)
खगराज अधिकारी : १२३१ (विजयी)
यमलाल कँडेल : ११८५ (विजयी)
राजन भट्टराई : ११८१ (विजयी)
भानुभक्त ढकाल : ११०८ (विजयी)
गोकुलप्रसाद बासकोटा : १०३० (पराजित)
ठाकुरप्रसाद गैरे : ८८३ (पराजित)
रचना खड्का : ८७७ (पराजित)
कर्णबहादुर थापा : ८४७ (पराजित)
अग्निप्रसाद खरेल : ७१६ (पराजित)
विनोदप्रसाद ढकाल : ६८४ (पराजित)
कृष्णगोपाल श्रेष्ठ : ६२५ (पराजित)
लालबाबु पण्डित : ४९६ (पराजित)
पेम्बा लामा : ४९३ (पराजित)
पुरुषोत्तम पौडेल : ४६२ (पराजित)
इन्द्रलाल सापकोटा : ४०५ (पराजित)