शनिबार, १५ नोभेम्बर, २०२५
13:57 | १९:४२

आसन्न निर्वाचनमा बेलायत सरकारको आवश्यक सहयोग रहने

नेपाली लिङ्क नोभेम्बर १५, २०२५

गृहमन्त्रीको सचिवालय

काठमाडौँ । बेलायती राजदूत रोब फेनले गृहमन्त्री ओमप्रकाश अर्यालसँग शुक्रबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

राजदूत फेनसहितको प्रतिनिधि मण्डल र मन्त्री अर्यालबीच मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्था साथै समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

गृहमन्त्रीको सचिवालयका अनुसार, भेटमा जेनजी विद्रोहपछिको सङ्क्रमणकालीन अवस्थालाई सामान्यीकरण गर्न सरकार र गृहमन्त्री अर्यालले खेलेको भूमिकाबारे चर्चा भएको थियो ।

राजदूत फेनले नेपालमा हुन गइरहेको आसन्न निर्वाचनमा बेलायत सरकारको आवश्यक साथ सहयोग रहने धारणा व्यक्त गर्नुका साथै दुई देशबीच कायम रहेको मैत्रीपूर्ण दुईपक्षीय सम्बन्ध सधै प्रगाढ रहिरहनेसमेत बताएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू