आइतबार, २ नोभेम्बर, २०२५
बेलायतसहितका राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


नेपाली लिङ्क
नोभेम्बर २, २०२५
काठमाडौं- सर्वोच्च अदालतले सरकारले गरेको राजदूत फिर्ता गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
आइतबार न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णयमाथि अन्तरिम आदेश जारी गर्दै उक्त निर्णय हालका लागि कार्यान्वयन नगर्न भनेको हो।
सरकारले राजनीतिक नियुक्ति पाएका बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेसहित विभिन्न ११ मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
अदालतले रिटमा उठाइएका विषयहरूबारे अन्तिम टुंगो नलागेसम्म राजदूत फिर्ता सम्बन्धी निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।
बेलायतका राजदूत घिमिरे पनि फिर्ता बोलाइएपछि लन्डनबाट यही नोभेम्बर ४ मा नेपाल फर्किने तयारीमा थिए।
तर, सर्वोच्च अदालतको आदेशपछि उनी रोकिन सक्ने सम्भावना बढेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५



