निर्वाचन सम्पन्न गर्न बेलायतबाट सहयोग प्रतिवद्धता



काठमाडौं, असोज २९ गते । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि बेलायती राजदूत रोब फेन नेतृत्वको प्रतिनिधि मण्डलबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको थियो । भेटमा नेपाल र बेलायतबीचको सम्बन्ध ऐतिहासिक कालदेखि सौहार्दपूर्ण रहेको र आगामी दिनमा थप प्रगाढ बनाउने विषयमा पनि दुवै पक्षले चर्चा गरेका थिए ।
उक्त भेटमा असामान्य परिस्थितिमा बनेको यो सरकारका मुख्य प्राथमिकता र जिम्मेवारी सुशासन एवं निर्वाचन रहेका बताउँदै प्रधानमन्त्री कार्कीले तोकिएको समयमै स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताइन् ।
सो अवसरमा बेलायती राजदूतले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोगका लागि बेलायत सरकार तयार रहेको जानकारी दिएका थिए ।

प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि बेलायती राजदूत रोब फेन । तस्बिर- प्रधानमन्त्रीको सचिवालय
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५