शनिबार, १५ नोभेम्बर, २०२५
15:09 | २०:५४

राष्ट्रपति कार्यालयमा सर्वदलीय बैठक, को-को छन् बैठकमा सहभागी?

नेपाली लिङ्क अक्टोबर १०, २०२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा अहिले बैठक चलिरहेको छ। बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्री सहभागी रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

त्यसैगरी नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन सहभागी रहेको बताइएको छ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी छन्।

त्यस्तै जनता समाजवादी पार्टीबाट रेणु यादव, जनमत पार्टीबाट डा.चन्द्रकान्त राउत र डा.जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति सहभागी छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू