आइतबार, ७ डिसेम्बर, २०२५
17:28 | २३:१३

निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दलहरुलाई पत्र

रासस अक्टोबर ८, २०२५

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक दललाई बोलाएको छ।

आयोगले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचन तयारीबारे छलफलमा आउन पत्राचार गरेको आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले जानकारी दिइन्।

आयोगले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दललाई पत्राचार गरेको जनाएको छ।

आयोगले यही असोज २० गते निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि त्यो आयोगको आन्तरिक कामको योजनाका लागि भएकाले निर्वाचन कार्यक्रमलगायत विषयमा राजनीतिक दलको छलफलपछि निर्णय लिइने आयुक्त डा. तुलाधरले बताए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू