शनिबार, ४ अक्टोबर, २०२५
09:59 | १४:४४

नेपाल विपद्को जोखिममा, लामो दूरीका सवारी साधन तीन दिन बन्द गर्ने निर्णय

नेपाली लिङ्क अक्टोबर ४, २०२५

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरी र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवागमन आजैदेखि तीन दिन बन्द गर्ने निर्णय गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार, आज असोज १८ देखि २० गतेसम्म पूर्वमा कोशी प्रदेशदेखि पश्चिममा लुम्बिनी प्रदेशसम्म चट्यांगसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । केही स्थानमा भारी देखि अति धेरै भारी वर्षाको सम्भावना रहेको बताउंदै प्राधिकरणले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।

प्राधिकरणले भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत आज असोज १८ देखि २० गतेसम्मका लागि बन्द गरिएको जनाएको छ ।

विज्ञप्तिः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू