विदेशमा रहेका नेपालीले मतदान गर्न सक्ने सम्भावनाबारे छलफल भइरहेको छ- प्रधानमन्त्री कार्की



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्नसक्ने सम्भावना बारेमा छलफल भइरहेको बताएकी छिन्।
बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उनले विदेशमा रहेका नेपालीहरुले कसरी मतदान गर्न सक्छन् भनेर निर्वाचन आयोगसँग छलफल भइरहेको बताएकी हुन्।
‘रोजगारीको सिलसिलामा देशबाहिर रहनुभएका नेपाली नागरिकलाई विदेशसमेत मतदान गर्नसक्ने सम्भावनाबारे नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्।
गृह मन्त्रालयले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिनेबारे कार्यदल नै बनाएर अध्ययन गरिरहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको मर्यादित रोजगारी तथा तीनका हकहितको संरक्षण एवं गैर नेपाली नागरिकले उठाएका संविधानसम्मत मागप्रति वर्तमान सरकार सकारात्मक रहेको उनले सम्बोधनको क्रममा बताएकी छिन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले भनिन्, ‘प्रतिनिधि सभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन र योग्य जनप्रतिनिधिको चयनका लागि निर्वाचनमा सहभागी हुन सबैलाई आह्वान गर्न चाहन्छु।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



