पुनर्निर्माण कोषमा सहयोग गर्न सरकारको अपिल



काठमाडौँ । सरकारले भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणमा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा अपिल गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै राष्ट्रिय पुनर्निर्माण कोषमा आर्थिक सहयोगका लागि अपिल गरेका हुन्।
सरकारले आफूसहित सरकारी निकाय, सर्वसाधारण जनतादेखि विदेशी साझेदारसम्मलाई यो अभियानमा जोडिन आह्वान गरेको छ।
सरकारले अर्थमन्त्रीको नेतृत्वमा भौतिक पूर्वाधार पुनर्निर्माण कोष खडा भएको बताउँदै मन्त्री घिसिङले संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुबाट अमूल्य योगदान गरी राष्ट्र निर्माणमा सहभागी हुन आह्वान गरे ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



