मंगलबार, ३ मार्च, २०२६
21:18 | ०३:०३

मतदाता नामावली संशोधन अध्यादेशमा के छ?

नेपाली लिङ्क सेप्टेम्बर २४, २०२५

काठमाडौँ- फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने जिम्मेवारी पाएको सरकारले मतदाता नामावलीमा छुटेकाहरुलाई समेत समेट्ने गरी मतदाता नामावली अध्यादेश जारी गरेको छ।

अध्यादेशले मतदाता नामावलीसम्बन्धी अधिकार आयोगलाई नै भनी व्यवस्था परिवर्तन गरेको छ।

राजपत्रमा अध्यादेश प्रकाशित भइसकेपछि निर्वाचन आयोगले मतदाता नामावली संकलनको निर्णय गर्ने आयोगले जनाएको छ। कहिलेसम्म मतदाता नामावली संकलन जारी राख्ने अनि कुन उमेरसम्मका व्यक्तिलाई त्यो सहुलियत दिने भन्ने निर्णय निर्वाचन आयोगले निर्णय गर्न मिल्ने गरी संशोधन गरिएको आयोगले बताएको छ।

यसैबीच निर्वाचन आयोग निर्वाचन कार्यतालिका निर्माणमा जुटेको छ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार बुधबारदेखि आयोग कार्यतालिका निर्माणमा जुटेको हो।

निर्वाचनका लागि सामग्री संकलनदेखि दल दर्ता, उम्मेदवारी दर्ता, उम्मेदवारको प्रचार प्रसार, मतदान र निर्वाचनको नतिजा सार्वजनिकसम्मको कार्ययोजना बनाउने कार्यमा प्रारम्भिक छलफल सुरु भएको घिमिरेले बताए।

सरकारले मतदाता संकलनका लागि बाटो खोल्दै अध्यादेश ल्याएपछि कसले कहाँबाट कहिलेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भनेर कार्यविधि आयोगले बनाउने छ।

यो कार्यविधि पनि आयोगले छिट्टै बनाउने र कार्यान्वयनमा लैजाने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू