शुक्रबार, ३ अक्टोबर, २०२५
01:39 | ०६:२४

फूलपातीमा यूकेमा रिलिज हुँदै ‘बलिदान’, सिने वर्ल्डमा हेर्न पाइने

नेपाली लिङ्क सेप्टेम्बर २१, २०२५

लन्डन- बहुप्रतिक्षित नेपाली चलचित्र ‘बलिदान’को यही सेप्टेम्बर २९ फूलपातीका दिन बेलायतमा रिलिज हुने भएको छ। मामाघर इन्टरटेनमेन्टले यूकेका लागि उक्त फिल्म रिलिज गर्न लागेको हो।

मामाघर इन्टरटेनमेन्टका निर्देशक विमल तिमिल्सनाका अनुसार चलचित्र बलिदान बेलायतका प्रमुख सिनेमा चेन ‘सिने वर्ल्ड’ मा लाग्दैछ । नेपालीहरुको उल्लेख्य बसोबास रहेका अल्डरसट, आसफोर्ड, बेक्सलीहिथ, बर्मिंगहम, डोभर, फेल्थाम, ओटु ग्रीनवीच, प्लाइमथ, साउथ राइस्लिप, वेम्बलीलगायतका शहरस्थित ‘सिने वर्ल्ड’ मा चलचित्र प्रदर्शन हुंदैछ ।

अभिनेता समीर भट्टको मुख्य भूमिका रहेको यो फिल्ममा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन, कामेश्वर चौरासिया, प्रजल दुलाल लगायतको अभिनय छ। यसअघि सार्वजनिक टिजरले फिल्मप्रति यहाँका दर्शकमाझ उत्साह जगाएकाले यूकेमा राम्रो चल्ने सम्भावना छ।

आशुसेन फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मलाई पवन ब्राडफोर्ड बिस्टले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा प्रेम पुरी रहेका छन्। यसमा दर्शन जीको लेखन, महेश पौडेलको डीओपी, सुजन चापागाईँको संगीत तथा स्टन्डर साम र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ।

बलिदानको यूके शोसम्बन्धि सम्पूर्ण जानकारीको लागि मामाघर इन्टरटेनमेन्टको पेजमा जान यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू