शनिबार, २० सेप्टेम्बर, २०२५
15:58 | २०:४३

दशैंको टीकाः शुभ साइत कुन देशमा कति बजे? (हेर्नुस् सूची)

नेपाली लिङ्क सेप्टेम्बर २०, २०२५

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विश्वका विभिन्न देशमा यस वर्षको दशैंको टीकाको उत्तम साइतबारे जानकारी गराएको छ।

शनिबार अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले प्रेस विज्ञप्ति जारी विभिन्न देशको उत्तम साइतबारे जानकारी दिएको हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै नेपालका लागि असोज १६ गते बिहान ११:५३ बजे टीकाको उत्तम साइत रहेको जानकारी गराइसकेको थियो।

जस अनुसार, बेलायतमा अक्टुबर २ बिहान ९:१७ बजे, पोर्चुगलमा ९:२३ बजे, फ्रान्समा ९:५७ बजे, नर्वे १०:०३ बजे, भारतमा ११:४९, अमेरिकाको न्युयोर्कमा अक्टुबर १ को ११:२५, अमेरिकाको फ्र्यांकफर्ट, केन्टुकीमा ११:५७, टेक्सासमा ११:३३, क्यालिफोर्नियामा ११:११, क्यानडाको टोरेन्टोमा ११:११, अष्ट्रेलियाको सिड्नीमा ११:४३ बजेको साइत उत्तम रहेको जनाएको छ।

असोज ६ गते घटस्थापनाको दिनदेखि २०८२ सालको दशैं शुरु हुन्छ। असोज ७ गते मंगलबार बिहान ९:५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ।

असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे र स्थिरासन बिहान ९:२३ बजे तोकिएको छ।

हेर्नुस् प्रेस विज्ञप्ति:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू