आइतबार, १४ सेप्टेम्बर, २०२५
18:12 | २२:५७

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा तीन मन्त्रीको नाम टुंगो

नेपाली लिङ्क सेप्टेम्बर १४, २०२५

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको नयाँ सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार अर्थ मन्त्रालयमा पूर्व सचिव रामेश्वर खनाल, गृहमन्त्रालयमा वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको नाम पक्का भएको हो।

अर्याल पछिल्लो समय काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको कानूनी सल्लाहकार थिए ।

सरकार विस्तारको प्रारम्भिक चरणमा यी तीन मन्त्रालयलाई प्राथमिकताका साथ टुंगो लगाइएको बताइएको छ । आगामी दिनमा थप मन्त्रालय सम्हाल्ने व्यक्तित्वहरूको नाम सार्वजनिक गरिने तयारी भइरहेको स्रोतको भनाइ छ।

उनीहरूको शपथ ग्रहण कार्यक्रम भोलि बिहान हुने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू