लन्डनबाट दिइने अनेसास सुप्रमा-ईप्रमा पुरस्कारका लागि पुस्तक आव्हान



लन्डन- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, (अनेसास) यूके ले सुप्रमा- ईप्रमा पुरस्कार -२०२५ का लागि २०२३ अप्रिल देखि २०२५ मेसम्म प्रकाशन भएका साहित्यका कुनै पनि विधाका पुस्तकहरु आव्हान गरेको छ।
सन् २०१२ मा साहित्यकार ईश्वर प्रसाद मानन्धरद्वारा आफ्ना स्वर्गीय पिता सुन्दर प्रसाद मानन्धरको सम्झनामा सुप्रमा पुरस्कार स्थापना गरेका थिए । उनको त्यसै साल फेब्रुअरीमा देहान्त भएपछि सुप्रमा संगै उनको नाम ईश्वर प्रसाद मानन्धर (ईप्रमा) जोडेर ‘सुप्रमा-ईप्रमा पुरस्कार’ को रुपमा अर्पण गरिंदै आएको छ।
यसअघि बेलायतस्थित साहित्यकारहरुबाट प्रकाशित उत्कृष्ट पुस्तकलाई पुरस्कार अर्पण गर्दै आएकोमा यस वर्षदेखि विश्वभरि रहेका नेपाली साहित्यकारबाट प्रकाशितमध्य उत्कृष्ट पुस्तकलाई अर्पण गर्ने निर्णय भएको पुरस्कार समितिका तर्फबाट संस्थाका सल्लाहकार डा रुपक श्रेष्ठले बताए।
सुप्रमा-ईप्रमा पुरस्कारको राशी २५१ पाउण्ड दिइंदै आएकोमा पुरस्कार संस्थापक परिवारका तर्फबाट मानन्धर सुपुत्री सबिता मानन्धरका अनुसार यस वर्षबाट उक्त राशी बढेर ५०१ पाउण्ड हुने भएको छ।
पुरस्कार संस्थापक बेलायती नेपाली डायस्पोराका आदिकवि ईश्वर प्रसाद मानन्धर तथा नेपाली आदिकवि भानुभक्त आचार्य जन्मजयन्ति कार्यक्रममा सो पुरस्कार हस्तान्तरण गरिने छ।
सो पुरस्कारका लागि सम्पूर्ण नेपाली साहित्यकारहरुमा आगामी जुलाई १० तारिखसम्म आइपुग्ने गरि २०२३ जुन देखि २०२५ मेसम्म गरि दुई वर्षभित्र प्रकाशित आफ्ना कृतिहरु ३ थानका दरले पठाउन अनेसास, यूकेले आव्हान गरेको अध्यक्ष राज श्रेष्ठले बताए ।
पुरस्कारका लागि पुस्तक दर्ता निशुल्क छ।
पठाउने ठेगानाः
Raj Shrestha, President of INLS
57 Crossmead Avenue
Greenford
UB6 9TZ, UK
वा
निमेषविमोहन श्रेष्ठ
एपेक नेपाल
१८९ संरचना मार्ग, कलंकी
काठमान्डु, नेपाल
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५