एनआरएनए यूके सदस्य बन्न इंग्ल्यान्ड परिषद अध्यक्ष अर्यालको अपील



लन्डन- गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको इंग्ल्यान्ड राज्य समन्वय परिषद अध्यक्ष शम्भुप्रसाद अर्यालले संघको नयाँ सदस्यता लिन तथा नवीकरण गर्न अपील गरेका छन् ।
बेलायतवासी सम्पूर्ण नेपालीहरुलाई यही २५ जुन बुधबार सदस्यता डेडलाइन सकिनुअघि सदस्य बन्न अध्यक्ष अर्यालले आव्हान गरेका हुन् ।
विदेशमा बस्ने सबै गैरआवावासीय नेपालीहरुका हकअधिकारका पक्षमा पैरवी गर्ने एकमात्र संस्था एनआरएनए भएको भन्दै उनले सबैलाई यही संस्थाको छाताभित्र एकबद्ध हुन आव्हान गरेका छन् ।
‘एनआरएनएमा समस्या र कमजोरीहरु हुन सक्छन् । तर नेपाल सरकारबाट मानयताप्राप्त यो संस्थाको महत्व कम हुन सक्दैन’, अध्यक्ष अर्यालले भनेका छन्, ‘त्यसैले हामी सबै सदस्य बनेर संस्थाभित्रै बसेर सुधार गर्ने हो ।’
स्मार्ट एनआरएनए एपबाट सदस्यता लिने क्रममा कुनै कठिनाइ आए आफूसहित एनआरएनए यूके पदाधिकारीहरुलाई सम्पर्क राख्न उनले आग्रह गरेका छन् ।
एनआरएनए यूके सदस्यता आइसीसीको एमआइएस सिस्टमबाट लिन सकिन्छ । आइओएस तथा एन्ड्रोयड स्मार्ट फोनमा स्मार्ट एनआरएनए एप डाउनलोड गरि सदस्य बन्न सकिनेछ ।स्मार्ट एनआरएनए एपमार्फत सदस्यता शुल्क तिरेको प्रमाण राखे पञ्चात सदस्यता तत्कालै स्वीकृत हुने पनि जनाइएको छ ।
एमआइएस प्रणालीमार्फत सदस्यता लिने अन्तिम मिति २५ जुन, २०२५, राती ११ः५९ सम्म छ ।
एनआरएनए यूके निर्वाचन अनलाइनमार्फत २६ जुलाई र राष्ट्रिय महाधिवेशन २७ जुलाई, २०२५ मा तय छ ।
एनआरएनए यूके सदस्यता लिने लिंक:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५