डा. रक्षा थापाले एनआरएनए यूके उपाध्यक्षमा उम्मेदवारी दिने



लन्डन । एनआरएनए यूकेको निर्वाचन नजिकिँदै जाँदा बेलायतस्थित नेपाली समुदायकी एक सक्रिय महिला अभियन्ता डा. रक्षा थापा पनि चुनावी मैदानमा उत्रिएकी छिन् ।
एनआरएनए अभियानका अग्रज, सहकर्मी र शुभेच्छुक सबैको सुझावलाई मनन् गर्दै उपाध्यक्षको जिम्मेवारीका लागि अघि बढ्ने निष्कर्षमा पुगेको उनले बताइन् ।
डा. थापाले आफ्नो प्रतिवद्धतासहित आधिकारिक घोषणा प्रेसमिटमार्फत छिट्टै गर्ने बताइन् ।
बोर्नमाउथ विश्वविद्यालयबाट स्वास्थ्य तथा सामाजिक विज्ञानमा विद्यावारिधि हासिल गरेकी डा. थापा लामो समयदेखि महिला सशक्तिकरण, मानसिक स्वास्थ्य, सिकाइ समस्या र अटिजम भएका व्यक्तिहरूको सेवामा सक्रिय छिन्। उनले नेपाल र बेलायत दुवै देशमा शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा योगदान दिँदै आएकी छन्।
उनको नेतृत्वमा दुई जना युवा क्रिकेट खेलाडीलाई पूर्ण शैक्षिक सहयोग, नेपालमा बालबालिका, वृद्धवृद्धा र पशु कल्याण संस्थाहरुलाई नियमित वार्षिक सहयोग, र विभिन्न सामाजिक परियोजनामा सक्रिय सहभागिता छ ।
उनी स्लाउ नेपाली समाज, यती नेपाली एसोसिएसन यूके, क्षेत्री समाज बेलायत लगायतका संस्थामा सक्रिय रूपमा आवद्ध छिन्।
एनआरएनए यूकेको मतदान अनलाइनमार्फत २६ जुलाई र राष्ट्रिय महाधिवेशन २७ जुलाई, २०२५ मा हुने तय भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५