एनआरएनए यूकेको निर्वाचन तालिका परिमार्जन



निर्वाचन समिति
लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को निर्वाचन तालिका परिमार्जन भएको छ ।
एनआरएनए यूकेको २१ मे सम्पन्न पूर्ण वैठकले निर्वाचन र राष्ट्रिय महाधिवेशनको मितिमा केही परिवर्तन गरेको आधिकारिक जानकारी प्राप्त भएकाले सोही अनुसार निर्वाचन कार्यतालिकामा परिमार्जन गरिएको निर्वाचन प्रमुख आयुक्त रामशरण सिम्खडाले जनाएका छन् ।
निर्वाचन समितिका अनुसार, एमआइएस प्रणालीमार्फत सदस्यता लिने अन्तिम मिति २५ जुन, २०२५, राती ११ः५९ सम्म, निर्वाचन (मतदान– अनलाइनमार्फत) २६ जुलाई र राष्ट्रिय महाधिवेशन २७ जुलाई, २०२५ मा तय गरिएको छ ।
निर्वाचन समितिले आइओएस तथा एन्ड्रोयड स्मार्ट फोनमा आजै स्मार्ट एनआरएनए एप डाउनलोड गरि सदस्यता बन्न अपिल गरेको छ ।
नवीकरणका लागि अत्यावश्यक बाहेक कागजात पुनः दिइरहनु पर्ने झन्झट यसपटक नरहेको समितिको भनाइ छ । स्मार्ट एनआरएनए एप मार्फत सदस्यता शुल्क तिरेको प्रमाण राखे पञ्चात सदस्यता तत्कालै स्वीकृत हुने पनि समितिले जनाएको छ।
सदस्यता बन्दा नवीकरणका बेला प्रयोग भएको फोन नम्बर र इमेल सुरक्षित राख्नपनि समितिले विशेष अनुरोध गरेको छ ।
गैरआवासीय नेपाली संघको विधानतः प्रत्येक २ वर्षको जुलाईभित्र सम्पूर्ण राष्ट्रिय समन्वय परिषदको निर्वाचन गर्नुपर्ने वैधानिक ब्यवस्था छ । एमआइएस माध्यमबाट बनिने सदस्यहरुले उक्त निर्वाचनमा मतदान गर्न पाउनेछन् ।
सूचना विस्तृतमा-
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५