आइतबार, जेठ १२, २०८२
23:09 | ०३:५४

तमु समाज यूकेको १८औं वार्षिक साधारणसभा ३१ मेमा

नेपाली लिङ्क मे २४, २०२५

लन्डन । यूके च्यारिटीमा दर्ता भएको संस्था तमु समाज यूकेको १८औं वार्षिक साधारणसभा यही ३१ मे मा हुने भएको छ ।

लन्डन वेम्बलीस्थित समाजको कम्युनिटी सेन्टर (समाज घर) मा शनिबार साधारणसभा तय भएको समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए ।

संस्थापक अध्यक्ष गुरुङले साधारणसभामा उपस्थित भई तमु जातिको संस्कार, संस्कृति, भाषा, भेषभूषा संरक्षण र सामाजिक क्षेत्रमा तमु समाज यूकेले खेल्नुपर्ने भूमिका सम्बन्धमा आफ्नो महत्वपूर्ण सल्लाह, सुझाव दिन अनुरोध गरेका छन् ।

साधारणसभामा तमु समाज यूके कार्यसमिति, ट्रष्टीहरू, क्षेत्रीय प्रतिनिधि र सल्लाहकारहरु, आमा समूह कार्यसमिति, आमा समूहका पूर्व अध्यक्ष तथा सम्पूर्ण आमा दिदीबहिनीहरु, युवा समूह लगायत सम्पूर्ण आजीवन सदस्य र शुभचिन्तकहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू